२३ भदौ २०८३, मंगलबार

सडक डिभिजन दाङका तत्कालीन कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ १५, २०८३
काठमाडौं
सडक डिभिजन दाङका तत्कालीन कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख रामपुकार जयसवाल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।​

आयोगले जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी)का तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध ८१ लाख २७ हजार ९०० रुपैयाँ बिगो दाबी गरेको छ।​

यसैगरी राप्तीमा अध्यक्ष विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपैयाँ, राप्ती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गेमे खड्काविरुद्ध ३ लाख ७१ हजार, राप्ती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीविरुद्ध १ लाख ४१ हजार २२६ रुपैयाँ, अभिमान चौधरीविरुद्ध ७३ हजार ६४६ रुपैयाँ बिगो दाबी गरेको छ । ​

यसैगरी, नन्दु गिरीविरुद्ध ३० हजार ९८० रुपैयाँ, झविन्द्रप्रसाद भण्डारिविरुद्ध १ लाख ४१ हजार २२६ रुपैयाँ र केशरबहादुर चौधरीविरुद्ध ३६ हजार ६१० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​

हर्नुहोस्, अभियोगपत्र :

कमेन्ट गर्नुहोस्