२३ भदौ २०८३, मंगलबार

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० मध्ये ११० साइट सञ्चालन

भदौ १५, २०८३
काठमाडौं
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० मध्ये ११० साइट सञ्चालन
फाइल फोटो

नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका थप चार मोबाइल साइट सञ्चालनमा ल्याएको छ ।

टेलिकमले सोमबार रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइट सञ्चालनमा ल्याएको हो।

यससँगै बाढीबाट प्रभावित १२० साइटमध्ये ११० साइट सुचारु भएका छन्।

जिबजिबे र सरमथली टावर सञ्चालनमा आएसँगै आसपासका विभिन्न क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन् भने बेनीघाट र त्रिशूली साइटबाट बजार तथा आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुने टेलिकमले जनाएको छ।

कमेन्ट गर्नुहोस्