२३ भदौ २०८३, मंगलबार

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेट

भदौ १५, २०८३
काठमाडौं
राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गरेका छन् । 

राष्ट्रपतिको कार्यालयमा सोमबार भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराए । 

सभापति लामिछानेले सोमबार नै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए । त्यसपछि सोबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका रास्वपाले जनाएको छ । 


 

कमेन्ट गर्नुहोस्