२३ भदौ २०८३, मंगलबार

रोबोटबाट पत्ता लाग्यो श्रीमतीको 'अफेयर', गोप्य भिडियो रेकर्ड गरेको आरोपमा उल्टै श्रीमानलाई जेल

भदौ १६, २०८३
काठमाडौं
रोबोटबाट पत्ता लाग्यो श्रीमतीको 'अफेयर', गोप्य भिडियो रेकर्ड गरेको आरोपमा उल्टै श्रीमानलाई जेल
फाइल तस्वीर

आजको डिजिटल युगमा स्मार्ट ग्याजेटहरू हाम्रो घरका अभिन्न हिस्सा बनिसकेका छन्, तर यिनै ग्याजेटहरूले कहिलेकाहीं यस्तो आपत् निम्त्याउँछन् जसको कसैले कल्पना पनि गरेको हुँदैन।

ताइवानबाट एउटा यस्तै अनौठो र अचम्मको घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ। एक व्यक्तिले आफ्नी पत्नीको धोकाको प्रमाण जुटाउन घरमा रहेको रोबोट भ्याकुम क्लिनरको क्यामेराको प्रयोग गरे । पतिले पत्नी र उनका प्रेमीलाई बेडरूममा रंगेहात रेकर्ड त गरे, तर कथामा अर्को मोड तब आयो जब अदालतले पत्नीलाई धोका दिएको सजाय दिनुको सट्टा गोपनीयता (प्राइवेसी) कानुन उल्लङ्घन गरेको कसूरमा पतिलाई नै ५ महिनाको जेल सजाय सुनायो।

समाचार अनुसार पूरै नाटकको सुरुवात सन् २०२१ मा भएको थियो, जब पीडित व्यक्तिको विवाह भयो र उनी आफ्नी पत्नीसँगै आफ्ना आमाबुवाको घरमा बस्न थाले । यो जोडीको एउटा छुट्टी मनाउने घर पनि थियो, जहाँ उनीहरू बीच-बीचमा छुट्टीको समयमा जाने गर्दथे।

सन् २०२३ मा जब पति त्यो होम पुगे, उनले त्यहाँ एक जना अनजान व्यक्तिको टुथब्रश फेला पारे। यहीँबाट उनलाई पत्नीमाथि शङ्का उब्जियो। जब उनले पार्किङ ग्यारेजको सीसीटीभी फुटेज चेक गरे, तब उनले एउटा संदिग्ध कार र एक व्यक्तिलाई देखे, जो यसअघि पनि धेरै पटक उनकी पत्नीलाई अफिसबाट घर छाड्न आएका थिए। त्यो बेला पतिले कडा रूपमा सोधपुछ गर्दा पत्नीले सबै कुरा सीधै अस्वीकार गर्दै कुरा टारेकी थिइन्।

घटनाको करिब तीन महिनापछि भाग्यले एक अनौठो खेल खेल्यो। पतिले आफ्नो मोबाइल एपमार्फत घरको स्मार्ट रोबोट भ्याकुम क्लिनरलाई टाढैबाट चलाइरहेका थिए। उनको उद्देश्य भ्याकुमको स्पिकरमार्फत बोलेर पत्नीलाई सरप्राइज दिनु थियो। तर, जस्तै उनले भ्याकुम क्लिनरको लाइभ क्यामेरा अन गरे, उनका होस उड्यो। क्यामेराको स्क्रिनमा उनकी पत्नी तिनै संदिग्ध व्यक्तिसँग बेडरूममा आपत्तिजनक हालतमा देखिइन्।

उनले तुरुन्तै त्यहाँ पुग्नुको सट्टा समझदारी अपनाए। अदालतमा ठोस प्रमाण पेस गर्ने उद्देश्यले उनले भ्याकुमको क्यामेराबाट नै पूरै रेकर्डिङ जारी राखे, जसमा पत्नी र उनका प्रेमी घरभित्र हिँडडुल गरिरहेको दृश्य कैद भएको थियो। भिडियो प्रमाण हात लागेसँगै पति सिधै अदालत पुगे र आफ्नी पत्नी तथा उनका प्रेमीबाट करिब ६५ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरे। 

अदालतले भिडियो प्रमाणहरू हेरेपछि दुवैबीच अवैध सम्बन्ध रहेको कुरा स्वीकार गर्‍यो र पत्नीका प्रेमीलाई क्षतिपूर्ति तिर्न आदेश दियो।

तर पीडित पतिको यो खुसी धेरै समय टिकेन। पतिसँग बदला लिन पत्नीले उनीमाथि बिना अनुमति भिडियो रेकर्डिङ गरेको र गोपनीयताको हनन् गरेको आरोप लगाउँदै काउन्टर-केस दर्ता गरिन्। अदालतमा काउन्टर-केसको सुनुवाइ शुरू हुँदा मामिला पूर्ण रूपमा पल्टियो।

ताइवानी कानुन अनुसार कुनै पनि व्यक्तिको निजी गतिविधिहरू उसको जानकारीबिना रेकर्ड गर्नु गम्भीर अपराध मानिन्छ, जसमा ३ वर्षसम्मको जेल सजायको प्रावधान छ। पीडित पतिले आफ्नो वैवाहिक सम्बन्ध बचाउन र प्रमाण जुटाउन आफूले यो कदम उठाएको तर्क दिए। तर अदालतले स्पष्ट शब्दमा भन्यो कि वैवाहिक सम्बन्धको अर्थ यो कदापि होइन कि तपाईंले कसैको गोपनीयताको अधिकार खोस्नुहोस्। कानुनी रूपमा तपाईंले कसैलाई उसको मर्जीबिना यसरी क्यामेरामा कैद गर्न पाउनुहुन्न।

अदालतले पीडित पतिलाई नै दोषी करार गर्दै ५ महिनाको जेल सजाय सुनायो र साथसाथै ४ लाख ५१ हजार रुपैयाँ जरिवाना पनि तोक्यो।

कमेन्ट गर्नुहोस्