२३ भदौ २०८३, मंगलबार

प्रधानमन्त्री राहत कोषमा झापा गाउँपालिकाको २५ लाख सहयोग

भदौ १६, २०८३
झापा
प्रधानमन्त्री राहत कोषमा झापा गाउँपालिकाको २५ लाख सहयोग

झापाको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी कोषमा जम्मा गर्ने जनाएको छ ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख, सम्पूर्ण जनप्रतिनिधिबाट ६० हजार, गाउँपालिकाका कर्मचारीबाट सात लाख ३८ हजार ६७९ र शिक्षकबाट १५ लाख २९ हजार ४०९ रुपैयाँ सङ्कलन गरिने अध्यक्ष थपलियाको भनाइ छ।

कमेन्ट गर्नुहोस्