
सिग्नेचर ह्विस्की तथा स्मिरनोफ भोड्का जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रालिले भोटेकोशी बाढीपीडितका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।
विपद्पछिको राहत र पुनःस्थापनालाई सघाउने उद्देश्यले लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ ।
उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
बाढीपीडितलाई सहयोगपछि कम्पनीले भनेको छ, 'प्राकृतिक विपत्तिले पुर्याएको अपूरणीय क्षति र पीडाको अगाडि यो रकम सानो प्रयास मात्र हो, तर सबैको स-साना सहयोग र सहकार्यले नै पुनर्निर्माणको ढोका खोल्छ भन्नेमा हामी विश्वस्त छौँ । प्रभावित क्षेत्रमा खटिनुभएका सरकारी निकाय, सुरक्षाकर्मी तथा स्वयम्सेवकहरूको महान् कार्यमा हातमा हात मिलाउँदै आ-आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउन हामी सम्पूर्ण नागरिक तथा सङ्घ-संस्थाहरूमा हार्दिक अनुरोध गर्दछौँ ।'