
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बोलाएका छन् ।
यसअघि यही भदौ ११ गते सूचना प्रकाशित गरि स्थगित भएको बैठक बुधबार बस्नेगरि आह्वान भएको हो ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्नेगरि आह्वान भएको छ ।
‘मिति २०८३ भदौ ११ गते सूचनापत्र-१ प्रकाशित गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति २०८३ भदौ १७ गते बुधबार दिनको १:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, महासचिव पाण्डेले जारी गरेको सूचनामा भनिएको छ ।
