२३ भदौ २०८३, मंगलबार

भोटेकोशी बाढी : चीनले पठाउँदैछ डीएनए विशेषज्ञ र अत्याधुनिक उपकरण

भदौ १६, २०८३
काठमाडौं
भोटेकोशी बाढी : चीनले पठाउँदैछ डीएनए विशेषज्ञ र अत्याधुनिक उपकरण

भोटेकोशी नदीको बाढीमा बेपत्ताहरूको पहिचान गर्न छिमेकी मुलुक चीनले नेपाललाई विशेष सहयोग गर्ने भएको छ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपालमा जारी उद्धार र खोजी कार्यमा सघाउन चीनले डीएनए पहिचान विशेषज्ञहरूको टोली नेपाल पठाउने निर्णय गरेको जानकारी दिए।

बाढीका कारण ज्यान गुमाएकाहरूको शव पहिचान गर्नु अहिले नेपालका लागि निकै चुनौतीपूर्ण बनेको छ। बाढीमा परी धेरै दिनसम्म पानीमा डुबेका कारण कतिपय शवहरूको अवस्था क्षतविक्षत हुँदा तिनको पहिचान गर्न कठिन भइरहेको छ।

प्रवक्ता गुओका अनुसार विशेषज्ञ टोलीसँगै चीनले डीएनए परीक्षणका लागि आवश्यक उपकरण, ड्रोन र बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक मानिने पानी शुद्धीकरण गर्ने उपकरणलगायतका सामग्रीहरू पनि नेपाल पठाउने तयारी गरेको छ।

प्रकृतिले निम्त्याएको विपत्तिमा मानवीय क्षतिको पहिचान गर्न र मृतकलाई आफ्ना परिवारको जिम्मा लगाउन भइरहेको ढिलाइले पीडित परिवार थप आहत बनेका छन् ।

चीनको यो तत्परताले उद्धार कार्यमा थप तीव्रता आउने र पहिचानको जटिलता केही हदसम्म कम हुने विश्वास लिइएको छ।

कमेन्ट गर्नुहोस्