
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकढिक्का बनाउने विषयमा नेताहरूसँग छलफल गरेका छन् ।
विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा कोइरालाले पार्टीभित्रको आन्तरिक समस्या र पार्टी एकढिक्का बनाउनेलगायतका विषयमा पार्टीका विभिन्न तहका नेताहरूसँग छलफल गरेका हुन्।
छलफलमा नेताहरू धनराज गुरुङ, बलबहादुर केसी, बद्री पाण्डे, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, मीनेन्द्र रिजाल, किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, जीवन परियारलगायत सहभागी थिए ।
यसैगरी, दिलेन्द्र बडु, डा गोविन्दराज पोख्रेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, पुष्प पराजुली, रामकृष्ण चित्रकार, भुपेन्द्रजंग शाही, तिलक रुवाली, विनोद कायस्थ, हरि अधिकारी, विश्व अर्याल, हुर्मत न्यौपाने, संघीय सांसदहरू- गीता सेन्दाङ, डा चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रीना उप्रेती, राष्ट्रियसभा सदस्यहरू वासुदेव जंगली, गीता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्णलगायतको पनि सहभागिता रहेको कोइरालाको सचिवालयले जनाएको छ।
यसअघि कोइरालाले भदौ १४ गते डा शशांक कोइराला र भदौ १५ गते शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको समस्या समाधानका बारेमा कुराकानी गरेका थिए।