२३ भदौ २०८३, मंगलबार

कागेश्वरी मनोहराका इन्जिनियर ६४ हजार घुससहित पक्राउ

भदौ १६, २०८३
काठमाडौं
कागेश्वरी मनोहराका इन्जिनियर ६४ हजार घुससहित पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दीपा कार्की ६४ हजार घुससहित पक्राउ परेकी छन् । उनीसँगै मध्यस्थताको भूमिका निभाउने आस्मा कार्की पनि पक्राउ परेकी छन् । 

नगरपालिकाको भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत कार्कीले स्ट्रक्चर एनालाइसिसको काम स्वीकृत गरेबापत सेवाग्राहीलाई पटक-पटक दु:ख हैरानी दिएर घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।  

पीडित पक्षले दिएको उजुरीको आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले दीपा र आस्मालाई ६४ हजार घुससहित पक्राउ पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय थली, डाँछीबाट सोमबार नियन्त्रणमा लिइएको र मंगलबार विशेष अदालतबाट म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता न्यौपानेले बताए । 

कमेन्ट गर्नुहोस्