२३ भदौ २०८३, मंगलबार

वैदेशिक रोजगारीमा इराक पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

भदौ १६, २०८३
काठमाडौं
वैदेशिक रोजगारीमा इराक पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इराक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ घर भएकी ५५ वर्षीया सन्चमाया तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सन्चमायाले इराक पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु १० लाख लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले जिजलाई बुढानिलकण्ठ नगरपालिका-४ बाट पक्राउ गरेको हो । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

कमेन्ट गर्नुहोस्