२३ भदौ २०८३, मंगलबार

भारतले पठायो पाँचौँ खेपको राहत सहयोग

भदौ १७, २०८३
काठमाडौं
भारतले पठायो पाँचौँ खेपको राहत सहयोग

नेपालमा गएको विनाशकारी बाढीपछि भारतले लगातार राहत सामग्रीहरू पठाउने क्रमलाई जारी राखेको छ। यसै क्रममा विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान पाँचौं खेपको सहयोग विमानमार्फत नेपाल पठाएको जानकारी गराएका छन् ।

उनले उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधिक लिएर विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिए ।

यसअघि १४ भदौमा भारतले बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको थियो ।

null

नेपालमा हाल उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ । भारतसहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग उपलब्ध गराइरहेका छन् ।

कमेन्ट गर्नुहोस्