
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उद्धार जारी राखिएको हो ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ। उद्धार तथा राहत कार्यका क्रममा ६५ जना घाइते भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
४ हजार ८५८ जना अझै बेपत्ता छन् । जसमा ५८३ विदेशी छन् ।
उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार हालसम्म ६ हजार ४ सय ९१ जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ४ हजार २६ जना पुरुष र १ हजार १ सय २२ जना महिला रहेको प्रहरीले जनाएको छ। विदेशी नागरिकको संख्या ५ सय ८० रहेको छ।
विवरणअनुसार मृतकको संख्या ११ सय नाघेको छ । बुधबार बिहानसम्म ११२७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । त्यसमध्ये ९५ शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरिएको छ । बाँकी केही जमिनमुनि गाडेर व्यवस्थापन गरिएको हो ।
खोज तथा उद्धारसँगै घाइतेहरूको उपचार तथा राहत व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको प्रहरीले जनाएको छ।