२३ भदौ २०८३, मंगलबार
संसदमा प्रधानमन्त्री

कृष्णभीर सडक मर्मत गरी भदौभित्रै सञ्चालनमा ल्याउँछौं– प्रधानमन्त्री

भदौ १७, २०८३
काठमाडौं
कृष्णभीर सडक मर्मत गरी भदौभित्रै सञ्चालनमा ल्याउँछौं– प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरेर सञ्चालनमा ल्याउने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई बुधार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यसै महिनाभित्र पृथ्वीराजमार्गको उक्त खण्ड सञ्चालनमा आउने बताएका हुन् ।

उनले कुन मोडालिटीमा सडक मर्मत गरेर सञ्चालन गर्ने भन्ने विषयमा उनले केही खुलाएनन् ।

त्यहाँ सडक पूरै भासिएर त्रिशुली नदीमा पुगेको छ । कृष्णभीर पहिरोका कारण राजधानी काठमाडौंसँगको सहज सम्पर्कविच्छेद भएको छ । 
 

कमेन्ट गर्नुहोस्