२६ असोज २०८३, सोमबार

रसुवा बाढीपीडितलाई जनसम्पर्क समिति अस्ट्रेलिया र बेल्जियमको आर्थिक सहयोग

भदौ १९, २०८३
काठमाडौं
रसुवा बाढीपीडितलाई जनसम्पर्क समिति अस्ट्रेलिया र बेल्जियमको आर्थिक सहयोग

रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले ८ लाख १७ हजार ५९२ रुपैयाँ सहयोग गरेको छ।

समितिले आफ्ना विभिन्न राज्यमा रहेका सदस्यबाट रकम संकलन गरी नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषको खातामा जम्मा गरेको हो ।

समितिका अनुसार एनएसडब्लू सिड्नीबाट ६ लाख, साउथ अस्ट्रेलियाबाट ८१ हजार ७५ रुपैयाँ, एसीटी क्यानबेराबाट ८२ हजार ४६७ रुपैयाँ र वेस्टर्न अस्ट्रेलियाबाट ५४ हजार ५० रुपैयाँ संकलन भएको हो। 

null

यसैगरी, नेपाली जनसम्पर्क समिति, बेल्जियमले पनि ५ लाख ४१ हजार २४८ रुपैयाँ सहयोग गरेको छ ।

बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै समितिले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।​​

आर्थिक सहयोग संकलन अभियान अन्तर्गत समितिले ३ हजार १५४ युरो जम्मा ​गरेको थियो ।​​​

संकलित रकममध्ये ४ लाख १११ रुपैयाँ नेपाली कांग्रेस पार्टीको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको र १ लाख ४१ हजार १३७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समितिका प्रवक्ता दीपक न्यौपानेले जानकारी दिए ।

null

 

यसैगरी, बागलुङ समाज बेल्जियमका संस्थापक अध्यक्ष श्रीप्रसाद सापकोटाले प्रधानमन्त्री राहत कोषमा ३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका छन् ।

उनले आफ्नो व्यक्तिगत र एभरेष्ट हाउस परिवारको तर्फबाट उक्त रकम राहत कोषमा जम्मा गरेका हुन् ।

 

null

कमेन्ट गर्नुहोस्