
गृह मन्त्रालयले २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार सरुवा/पदस्थापन गरेसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको पनि सरुवा भएको छ ।
सूचीअनुसार गृह मन्त्रालय वा अन्तर्गत सहसचिवका रूपमा कार्यरत श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय, झापा पठाइएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
त्यस्तै, सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गोरखा पठाइएको छ।
यस्तो छ सरुवा सूची :