
नुवाकोटको बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको अप्रेसनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लगिएको छ।
घुँडाको अप्रेसनसहित थप उपचारका लागि श्रेष्ठलाई टिचिङ अस्पताल ल्याइएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए। यसअघि उनको नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको थियो।
रोस्याराका अनुसार अहिले श्रेष्ठको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ। उनका छोरा आशिष श्रेष्ठले पनि चण्डिकाको घुँडाको अप्रेसन गर्न लागिएको जानकारी दिए ।
भदौ १० को विनाशकारी बाढीमा परेकी उनको शनिबार जिवितै उद्धार भएको थियो । उनको घटनाको ११औँ दिनमा चामत्कारिक उद्धार भएको हो ।