२६ असोज २०८३, सोमबार

पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्नेहरू अपराधी हुन् : बालेन शाह

भदौ २०, २०८३
काठमाडौं
पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्नेहरू अपराधी हुन् : बालेन शाह

 प्रधानमन्त्री बालेन शाहले बाढीबाट आफन्त गुमाएर पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिनेहरू अपराधी भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको उल्लेख गर्दै उनीहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका हुन्।

उनले भनेका छन्, 'आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ। '

उनले नुवाकोटको विदुर–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको घटनाले खोज तथा उद्धारमा अझै आशा कायम रहेको पनि बताएका छन्। बाढी प्रभावित क्षेत्रबाट चन्द्रिका श्रेष्ठको उमेर समूह र त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई उद्धार गरिएको उनले उल्लेख गरेका छन्।

कमेन्ट गर्नुहोस्