२६ असोज २०८३, सोमबार

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

भदौ २३, २०८३
बैतडी
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी दिए ।  पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

कमेन्ट गर्नुहोस्