२६ असोज २०८३, सोमबार

बाढीपीडितका लागि वर्ल्डलिङ्कको एक करोड एक लाख सहयोग

भदौ २३, २०८३
काठमाडौं
बाढीपीडितका लागि वर्ल्डलिङ्कको एक करोड एक लाख सहयोग

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

वर्ल्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उनले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वर्ल्डलिङ्कले उक्त रकम प्रदान गरेको  बताए । 

हालैको बाढीबाट वर्ल्डलिङ्कको नेटवर्क तथा पूर्वाधारमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार कम्पनीले प्रत्यक्ष रूपमा करिब तीन करोड ५० लाख बराबरको क्षति भएको जनाएको छ ।

आफ्नै संरचनामा ठूलो क्षति भए पनि कम्पनीले ग्राहक तथा नागरिकलाई इन्टरनेट सेवाबाट लामो समयसम्म वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको थियो ।
 

कमेन्ट गर्नुहोस्