२२ असोज २०८३, बिहीबार

चर्चित गायक खेम सेञ्चुरीलाई साइबर ब्युरोले किन बोलायो ?

असोज १३, २०८३
काठमाडौं
चर्चित गायक खेम सेञ्चुरीलाई साइबर ब्युरोले किन बोलायो ?

चर्चित लोकगायक खेम सेञ्चुरीलाई साइबर ब्युरोले एउटा गीतविरुद्ध परेको उजुरीका विषयमा छलफलका लागि बोलाएको छ ।

सेञ्चुरीको रचना, स्वर र संगीत रहेको ‘बाहुन बाजे किन कसेको’ बोलको गीतले बाहुन समुदायलाई होच्याएको भन्दै हिन्दुवादी अभियन्ता सागर थापाले साइबर ब्युरोमा उजुरी दिएका थिए ।

उजुरीमा गीतले सनातन हिन्दूको एकता र सद्भावमा असर पार्न खोजेको आरोप लगाइएको छ । गीतमा रहेको केही शब्दप्रति आपत्ति जनाउँदै उजुरी परेको हो ।

उक्त उजुरीबारे छलफल गर्न सेञ्चुरीलाई मंगलबार साइबर ब्युरो बोलाइएको थियो । ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले सेञ्चुरीलाई बोलाएर छलफल गरिएको पुष्टि गरे । 

गीत संशोधन गर्ने वा हटाउने विषयमा थप छलफल गर्न बुधबार दिउँसो १ बजे दुवै पक्षलाई पुनः बोलाइएको साइबर ब्युरो स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्