२२ असोज २०८३, बिहीबार
मनिष झाको नेतृत्वमा उपसमिति

प्रहरीको पोसाक खरिदमा अनियमितता : अध्ययन गर्न संसदीय उपसमिति गठन

असोज १६, २०८३
काठमाडौं
प्रहरीको पोसाक खरिदमा अनियमितता : अध्ययन गर्न संसदीय उपसमिति गठन

प्रहरीको पोसाक खरिदमा भएको अनियमितताको विषयमा अध्ययन गर्न उपसमिति गठन भएको छ ।

सार्वजनिक लेखा समितिको आज बसेको बैठकले उपसमिति गठन गरेको हो ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाको नेतृत्वमा उपसमिति गठन गरिएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।

उपसमितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।

उपसमितिलाई दुई महिनाको समयसीमा दिइएको छ ।

कमेन्ट गर्नुहोस्