२२ असोज २०८३, बिहीबार

ईश्वरीको घोषणा : सहमहामन्त्रीमा उम्मेदवारी दिन्छु, नत्र केन्द्रीय सदस्य पनि लड्दिनँ

असोज १६, २०८३
काठमाडौं
ईश्वरीको घोषणा : सहमहामन्त्रीमा उम्मेदवारी दिन्छु, नत्र केन्द्रीय सदस्य पनि लड्दिनँ
फाइल फोटो

नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताएकी छिन् ।

असोज १८ गतेबाट हुने महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री लड्ने तयारीमा आफू रहेको उनले बताइन् ।

उनले केन्द्रीय सहमहामन्त्री पदमा निर्वाचन लड्न नपाए त्यसभन्दा मुनिको पदमा निर्वाचन नलड्ने पनि जानकारी दिइन् ।

‘तीन पटक केन्द्रीय सदस्य भइसकेँ,’ उनले भनिन्, ‘सहमहामन्त्री पदमा निर्वाचन लड्छु । नभए कुनै पनि पदमा चुनाव लड्दिनँ ।’

न्यौपाने विशेष महाधिवेशनमा भने सहभागी थिइनन् । असोज ३ र ४ गतेको वडा अधिवेशन भन्दा अघिल्लो दिनमात्र उनी संस्थापन समूहमा फर्केकी हुन् ।

कमेन्ट गर्नुहोस्