२२ असोज २०८३, बिहीबार

कागेश्वरी मनोहराकी इन्जिनियर कार्कीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असोज १६, २०८३
काठमाडौं
कागेश्वरी मनोहराकी इन्जिनियर कार्कीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्कीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

स्ट्रक्चरल एनालाइसिसको काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटक-पटक दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको सूचनापछि आयोगको टंगालबाट खटिएको टोलीले कार्की र रकम लिई मध्यस्थको काम गर्ने आस्मा कार्कीलाई ६४ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा दीपाले आस्मा र आशिष पौडेल समेतको मिलेमतोमा घर निर्माणको स्ट्रक्चरल एनालाइसिसका लागि २ लाख ८ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको थियो ।​

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्