
हैटीमा यस वर्षको जनवरी १ देखि सेप्टेम्बर ११ को बीचमा ग्याङहरू वा उनीहरूविरुद्धको कारबाहीका क्रममा ५,७०० भन्दा बढी मानिसको मृत्यु वा घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्च आयुक्त भोल्कर टर्कले यस अवधिमा २३० भन्दा बढी मानिसको अपहरणसमेत भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
साथै, अनुमानित १,००० महिला तथा बालिकामाथि बलात्कार भएको छ, तर वास्तविक संख्या अझ धेरै हुन सक्ने टर्कले औँल्याए।
हैटीमा दशकौँदेखि विभिन्न तहमा ग्याङहरूको प्रभाव रहँदै आएको छ। जुलाई ७, २०२१ मा तत्कालीन राष्ट्रपति जोभेनेल मोइसेको हत्या भएपछि हालको व्यापक ग्याङ हिंसा थप बढेको हो। राष्ट्रपति मोइसेको हत्यापछि सिर्जना भएको सत्ताशून्यताका कारण हिंस्रक समूहहरूले थप क्षेत्र कब्जा गर्न र आफ्नो प्रभाव विस्तार गर्न मौका पाएका हुन् ।
हैटी सन् २०१६ यता पहिलो पटक राष्ट्रपति तथा विधायी निर्वाचन गराउने तयारीमा जुटेको छ, जुन आगामी डिसेम्बर १३ मा तय गरिएको छ ।
द्वन्द्वग्रस्त देशमा ग्याङ हिंसासँग जुध्न सन् २०२५ देखि बहुराष्ट्रिय प्रहरी बल परिचालन भए पनि उनीहरू ग्याङको पकड भएको क्षेत्रमा प्रवेश गर्नसमेत संघर्ष गरिरहेका छन्।