२२ असोज २०८३, बिहीबार
महाभारत ज्ञानमाला

जिउँदै जलाउने षड्यन्त्रबाट यसरी बाँचेका थिए पाण्डवहरू ! [भिडियो]

असोज १७, २०८३
काठमाडौं

एक छिन सोचौँ त हामीलाई आफ्नै नातेदारले जिउँदै जलाएर मार्ने योजना बनाएका छन् तर जब हामी चमत्कारिकरूपमा बाँच्न सफल हुन्छौँ ।

तब उनीहरू हामी मरेको नाटक गर्दै शोकसभा आयोजना गर्दछन् र हाम्रो सव यात्राको तयारी गर्दछन् भने त्यतिबेला हामीलाई कस्तो लाग्ला ?

हो, आजभन्दा हजारौँ वर्षअघि लेखिएका महाभारत ग्रन्थमा धृतराष्ट्र र दुर्योधनले पाण्डवहरूमाथि ठ्याक्कै यस्तै गरेका थिए ।

वारणावतको लाक्षगृह जलिसकेको थियो, हस्तिनापुर रोइरहेको थियो तर पाण्डवहरू मरेका थिएनन् ।

उनीहरू त गङ्गा नदी पार गरेर एउटा अज्ञात यात्रामा निस्किसकेका थिए, जसले इतिहासको दिशा बदल्नेवाला थियो ।

आखिर पाण्डवहरूले त्यो भयानक षड्यन्त्रबाट बच्न कुन गुप्त कूटनीति प्रयोग गरेका थिए ? धृतराष्ट्रले आफ्ना भारदारहरूलाई वारणावत पठाउनु पछाडिको असली चाल के थियो ?

र यस घटनाले हाम्रो आजको व्यावहारिक जीवन, कर्पोरेट राजनीति र सङ्कट व्यवस्थापनका क्षेत्रमा के-कस्तो सन्देश दिएको छ ?

आउनुस् आजको भिडियोमा महाभारतको कहाली लाग्दो पाटोलाई खोतल्ने प्रयास गरौँ ।

भिडियो

कमेन्ट गर्नुहोस्