
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
डा. शर्माले शनिबार सामाजिक सञ्जालमार्फत समयले मागेको रुपान्तरणलाई संस्थागत गर्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिएका हुन् ।
उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको विश्वास, सहभागिता र सहयात्राका लागि आग्रह गरेका छन्।
उनले पार्टीलाई जनतासँग अझ नजिक जोड्ने तथा जनताको आवाजलाई पार्टीको नीति र निर्णयमा प्रतिबिम्बित गराउने विषयलाई आफ्नो अभियानको मुख्य आधारका रूपमा अघि सारेका छन्।
डा. सुनिल शर्माले भनेका छन्, 'राज्यलाई जनतासँग, जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको रुपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ‘महामन्त्री’ पदमा प्रतिस्पर्धा गर्दैछु।'