२२ असोज २०८३, बिहीबार

नेविसंघ पूर्वकेन्द्रीय सदस्य खड्का रास्वपा प्रवेश

असोज १७, २०८३
काठमाडौं
नेविसंघ पूर्वकेन्द्रीय सदस्य खड्का रास्वपा प्रवेश

नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वकेन्द्रीय सदस्य खेमबहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

हुम्लाका युवा नेता खड्कालाई रास्वपा सांसद रमेशकुमार सापकोटा, नेता प्रमोद न्यौपाने लगायतले रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीमा स्वागत गरे ।

खड्कासँगै नेविसंघ सीटीईभीटी समितिका सचिव मंगल फडेरा पनि रास्वपामा प्रवेश गरेका छन् ।

खड्काले यसअघि नेविसंघ हुम्ला-काठमाडौं सम्पर्क समितिको सचिवको जिम्मेवारी समेत पूरा गरिसकेका छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका-१ का खड्का २०७३ सालदेखि नेविसंघमा आवद्ध भएर विद्यार्थी राजनीति थालेका थिए । 

व्यवसायमा समेत संलग्न रहेका खड्काले युवाहरूको आवाज र परिवर्तनलाई आत्मसात गर्दै रास्वपामा जोडिएको बताए ।

null

उनले बाटो फरक भए पनि समाजसेवाको आफ्नो यात्रा र गन्तव्य भने नबदलिएको बताए । 

‘मैले कुनै राजकीय भूमिकाबिना आफ्नो गाउँठाउँका लागि जे जति गर्न सकेँ त्यसमा म खुसी छु । मैले मेरो विवेक र तागतले सकेसम्म खार्पुनाथका लागि केही न केही सेवा गरेँ भन्ने लाग्छ’, खड्काले भने, ‘युवाहरूको आवाज र परिवर्तनलाई आत्मसात गर्दै थप समाजसेवाका लागि युवाहरूको भरोसाको पार्टी रास्वपामा जोडिएको हुँ ।’

उनले आफू जहाँ रहे पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजकै लागि काम गर्ने बताए । 

कमेन्ट गर्नुहोस्