
नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेसन कार्य शुरू भएको छ ।
महाधिवेशनमा सहभागी हुने केन्द्रीय प्रतिनिधिहरूको तीन हजार पाँच सय तिरेर रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ ।
पार्टी केन्द्रीय कार्यालयमा अहिले धमाधम रजिस्ट्रेसन भइरहेको छ ।
रजिस्ट्रेसनपछि पार्टीले प्रतिनिधिलाई एउटा झोला दिन्छ ।
उक्त झोलाभित्र नेपाली कांग्रेसको विधान, कांग्रेसको डायरी‚ नास्ता‚ खाजा र खानाको कुपन तथा एउटा पेन राखिएको छ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भोलिबाट केन्द्रीय अधिवेशन शुरू हुँदै छ । भोलि खुलामञ्चमा दिउँसो २ बजे अधिवेशन उद्घाटन हुने छ ।
