२२ असोज २०८३, बिहीबार

जुम्लाको स्याउ बाँडेर शुरू भयो रास्वपाको केन्द्रीय समिति बैठक

असोज १७, २०८३
काठमाडौं
जुम्लाको स्याउ बाँडेर शुरू भयो रास्वपाको केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरू भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा शनिबार अपरान्ह बैठक बसेको हो । जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक शुरू भएको छ ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनलगायत विषयमा छलफल हुने छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेस प्रदेश सङ्गठनको ‘अडिट’ प्रतिवेदनमा पनि छलफल हुने जनाइएको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

nullnullnullnullnullnullnullnullnullnullnull

कमेन्ट गर्नुहोस्