साउन १९, २०७९
म्याग्दी सदरमुकाम बेनीमा २५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मंगलवार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करीब ३०० वर्ष अघि भक्तपुरबाट न...
आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरु हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ ।
शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम भएको ठानेरै होला श्रीमहालक्ष्मी नगरपालिका–८ सानागाउँ निवासी धनबहादुर महर्जनलाई १२आँै पटकसम्म विपश्यना ध्यान केन्द्र धर्मश्रृङ्ग धाउन उमेरले रोक्न सकेन ।
मौन व्रत लिएर दैनिक १७ घण्टासम्म ध्यान गर्नुपर्ने दशदिने योे कठिन साधनामा जान उमेरले साथ दिँदैन भनेर घरपरिवार र छिमेकीले सुझाए पनि ८२ वर्षीय धनबहादुरले बूढानीलकण्ठस्थित धर्मश्रृङ्ग गएर पछिल्लोचोटि सम्पन्न सो शिविरमा साधक बन्नुभयोे । मनग्य भोजन र निद्रा नपाइने भएकाले विपश्यना ध्यान सबैका लागि दुष्करै हुन्छ ।
उमेरले डाँडो काटे पनि र आधा घण्टासम्म उभिन कठिन भए पनि स्वस्थ र चम्किलो अनुहार देख्दा र कुरा सुन्दा लाग्छ उहाँ विपश्यनाकै कारण निरोगी हुनुभएको हो ।
प्रायः एकादशी, शिवरात्रिलगायतका पर्वमा पशुपति गएर महदेवको दर्शन गरी सेलरोटीको प्रसाद खानुपर्ने बानी भएका धनबहादुर जीवनको उत्तरार्धतिर विपश्यनाबाटै प्रभावित हुनुभयो र अहिले उहाँ बुद्धका अनुयायीका रुपमा आफूलाई प्रस्तुत गर्न चाहनुहुन्छ ।
चार पटकसम्म विभिन्न चरणका विपश्यना ध्यान बस्नुभएका अमेरिकाको टेक्सस राज्यका भिक्षु यु सारियाले पनि भगवान् बुद्धको जन्मभूमि नेपालमा आएर एकपटक विपश्यना ध्यान शिविर बस्ने आफ्नो लालसा मेट्नु भयो र ध्यान बसेर आनन्दविभोर हुनुभयो ।
अमेरिका प्रवेश गरेका थाइल्यान्डका शरणार्थीलाई सहयोग गर्दैआएको एक गैरसरकारी संस्थामा कुनै बेला काम गर्नुभएका उहाँले ती शरणार्थीले बनाएको बौद्ध मन्दिर र उनीहरुको जीवनशैलीबाट प्रभावित भएर आफूमा बौद्ध भिक्षु बन्ने सोच पलाएको उहाँले बताउनुभयो ।
त्यस्तै, परिवारलाई समेत कुनै जानकारी नदिई दुई वर्षअघि श्रीलंका पुगेर भिक्षु हुनुभएका २६ वर्षीय जापानी भिक्षु दाइकी नेपालमा विपश्यना ध्यान शिविर चल्ने गर्छ भन्ने सुनेर पहिलो पटक नेपाल आएको र शिविरमा बस्न पाएर आफू धेरै नै खुशी बताउनुभयो । आफ्नो बाटो आफैंले रोज्नुपर्छ भन्ने मान्यता राख्नुहुने उहाँ भन्नुहुन्छ, “विपश्यनाबाट धेरै समस्या समाधान गर्न सकिने रहेछ । त्यसकारण यसबारे कुरा मात्र गर्नुभन्दा निरन्तर अभ्यास गर्नु राम्रो हुन्छ ।”
के हिन्दू, के बौद्ध, के मुस्लिम, के जैन, के शिख, के इसाई सबै धर्म र सम्प्रदायका व्यक्तिको हिजोआज यसप्रति आकर्षण बढ्न थालेको छ । श्रीलंका, म्यानमार, थाइल्यान्ड, अमेरिका, इजराइल लगायतका मुलुकमा समेत विपश्यनाका विभिन्न चरणका ध्यान शिविर सञ्चालन हुँदै आएका छन् । भगवान् बुद्धको जन्मभूमि भएकैले होला नेपालको बूढानीलकण्ठस्थित धर्मश्रृङ्गलगायतका स्थानमा विश्वभरबाट थुप्रै विपश्यना साधकहरु ध्यान गर्न आइरहेका हुन्छन् ।
चित्त निर्मल बनाउने, सुख र शान्ति पाउने, निरोगी हुने, अध्ययनलाई राम्रो बनाउने र लक्ष्यमा पुग्ने चाहना राख्ने महिला, पुरुष, युवा वा पाका व्यक्तिका लागि मात्र हैन बालबालिकाका लागि समेत छुट्टै विशेष ध्यान शिविर सञ्चालन भइआएका छन् ।
विश्वमा धर्म कै नाममा बेलाबखत सामाजिक विग्रह र द्वन्द्व निम्तिएर युद्ध जस्ता विध्वंशकारी घटना भइआइएकाले त्यसबाट विरक्तिएका मानिसमा सत्मार्गको खोजी लागेका हुन्छन् ।
भगवान् बुद्धको उपदेशको सार हो – धर्म सर्वदेशिक, सर्वकालीन र सर्वजनिन हुन्छ । प्रकृतिका नियम तथा विश्वव्यापी विधानलाई सही रूपमा धारण गर्नु नै धर्म हो । यसमा कुनै पनि जाति, वर्ग वा सम्प्रदायको एकाधिकार हुँदैन । सूर्यको स्वभाव हो ताप र प्रकाश दिनु, चन्द्रमाको स्वभाव हो प्रकाश र शीतलता दिनु, आगोको स्वभाव हो जल्नु र जलाउनु, बरफको स्वभाव हो शीतल हुनु । यस्तै, उत्पन्न हुनु, नष्ट हुनु, उदाउनु अस्ताउनु शुद्ध धर्म हुन् ।
सबै ठाउँ, सबै काल र सबैका लागि धर्म समानरूपले कल्याणकारी हुन्छ । तर धर्मका नाममा गरिने क्रियाकलापले हिजोआज विशुद्ध लोककल्याणकारी काममा भन्दा पनि साम्प्रदायिकता र रीतिरिवाजका रूप प्रकट भइआएको पाइन्छ । विपश्यना आजभन्दा करीब दुईहजार ५०० वर्षअघि बुद्धले स्वयंले अनुभूत गरी प्रतिपादन गर्नुभएको ध्यान विधि हो । यो ध्यान विधिले अनित्यताको बोध गर्न मद्दत गर्छ ।
जुन जस्तो छ त्यसलाई साक्षी भाव वा तटस्थ भावले हेर्ने विधि विपश्यना हो । ‘वि’ भनेको विशेष तवरले र ‘पश्यना’ भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना । ध्यान शिविर चलिरहँदा कुनै धर्मको वकालत गरिँदैन र ध्यान सिकाउने आचार्यहरुले कुनै कुरामा पनि आशक्ति नजगाउन निर्देशन दिइरहेका हुन्छन् ।
विपश्यना ध्यान गर्न चाहने साधकलाई झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्नेजस्ता नियमभित्र रहेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा आफ्नो ध्यान केन्द्रित गर्ने अभ्यास गर्न लगाइन्छ, जसलाई ‘आनापाना सति’ ध्यान भनिन्छ । साधकले मनको चञ्चलता यो बेला अनुभव गर्न पाउँछ ।
बाँकी साढे छ दिन विपश्यना अभ्यास गर्दै अन्तर्मनको गहिराइमा गढेर बसेको विकारलाई निर्मूल बनाउन लगाइन्छ । यस क्रममा साधकले आफूभित्र प्रज्ञा जगाएर सबै कायिक तथा चेतसिक स्कन्धको छेदन गर्न सक्छन् । दश दिनको शिविरमा नौ दिनसम्म पूर्णरुपमा मौन बस्नुपर्ने नियम छ र दशौँ दिन मात्र साधकलाई बोल्न अनुमति दिइन्छ ।
पुराना साधकले विशिष्ट शिविरका साथै २०, ३०, ४५ र ६० दिने शिविरमा बस्न पाउँछन् ।
नेपाललगायत विश्वका कुनैपनि देशमा सञ्चालित यस्ता शिविरमा शुल्क लिइँदैन । साधकको स्वेच्छाको दानबाट मात्रै यस्ता शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हुन्छ । –मदन गौतम/रासस
म्याग्दी सदरमुकाम बेनीमा २५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मंगलवार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करीब ३०० वर्ष अघि भक्तपुरबाट न...
उसो त साउनमा खीर खाने नेपाली चलन नै हो । साउन १५ लाई खीर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट खीर चढाउने परम्परा छ । त्यो साउनको कुनै पनि तिथिमा पर्न सक्छ । य...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
मध्यपुरथिमि नगरपालिकामा यस वर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीवार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रवार मनाइने भएको छ । नगरपालिकाले सोमवार सरोकारवालाहरूसँग छलफल गरी साउन २६ गते जनैप...
प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ । कल्की भगवान् विष्णुको दशौँ अवतार मानिन्छ । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अव...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...