साउन २६, २०७९
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरू भएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका ...
काठमाडौं— हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ ।
सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । खानपिन नमिलेर पनि यसो हुन सक्छ । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ । तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट मुक्ति दिन्छन् ।
१ ग्रीन टी
ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ ।
२ बेस्सरी पानी पिउनुस्
पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।
३ ल्वाङ र सूप
ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।
४ कागतीको रस
एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।
५ हरियो अलैंची
अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ ।
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरू भएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका ...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि १०० जनासम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रले समय&ndas...
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण...
जिल्ला जनस्वास्थ्य कार्यालयले दक्ष स्वास्थ्यकर्मीसहित बाँके जिल्लाका वैजापुर गाउँ लगायत १३ गाउँमा प्रसूति सेवा सञ्चालन गरेको छ । जिल्लाको पूर्वी बैजापुरबाट पश्चिमको सोनपुर स्वास्थ्य केन्द्रमा स्थानीय स्वास्थ्य निकायको प...
जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती २ निकायबीच आँखा उपचार केन्द्र ...
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । पछिल्लो केही दिनयता दैनिकजसो कोरोना संक्रमितकाे मृत्यु भइरहेको छ । यसैक्रममा बिहीवार ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जना...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...