असार ४, २०७८
काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...
काठमाडाैं | असोज ५, २०७५
काठमाडौं– अबको १५ वर्षमा नेपालको आर्थिक अवस्था ब्रिटेनको बराबर पुर्यानका लागि नेकपाको उदय भएको नेकपाका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले बताएका छन् । ५ वर्षमा नेपालमा गरिबी निवारण गर्ने तथा १० वर्षमा चमत्कारिक रुपमा नेपालले आर्थिक विकास गर्ने र नेपाललाई विकशित देशको दाँजोमा लगिने गौतमको दावी छ ।
भूतपूर्व ब्रिटिश गोरखा सैनिक तथा नागरिक सरोकार समाजले आयोजनको गरेको ‘भूतपूर्व व्रिटिश गोरखा सैनिकको व्रिटिश सैनिकमा देखिएका समस्या, व्रिटिश र गोरखाली सैनिकको तलब, पेन्सन, उपचार खर्च लगाएतका विषयमा माग राख्दै भूर्तपूर्व सैनिकहरु आन्दोलन’को पहिलो चरणको सुरुवात कार्यक्रममा गौतमले यस्तो बताएका हुन् ।
कार्यक्रममा गौतमले आफूहरुले पहिलेदेखि नै गोरखा सैनिकलाई सहयोग गर्दै आएकोमा हाल देखिएका समस्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्ररराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गर्ने बताए । भूतपूर्व गोरखा सैनिकको समस्या देशकै समस्या भएको उल्लेख गर्दै गौतमले यसमा आफू गम्भीर भएको बताए ।
कानूनविद् प्राध्यापक डाक्टर युवराज संग्रौलाले गोरखा सैनिकको सन्दर्भमा बेलायतले नेपाललाई ठूलो धोका दिएको बताए ।
बेलायतले नेपालका गोरखा सैनिकलाई तेस्रो देशमा पठाएर मानव तस्कर गरेको संग्रौलाले आरोप लगाए । ‘अर्को देशसँग सम्झौता गर्ने, बीचमा आफू कमिशन खाने । तर ज्यानको बाजी लगाएका सैनिकको शोषण गर्ने ?’ संग्रौलाले प्रश्न गरे ।
आगामी दिनका लागि ब्रिटिस गोरखा सैनिकको भर्ना राकेर हिजोका दिनमा लडेका सैनिक परिवारले पाउनुपर्ने अर्बौं डलर बराबरको क्षति पाउनुपर्ने संग्रौलाको माग छ ।
गोरखा सैनिकका समस्या समाधानको लागि बेलायत र नेपालका विज्ञ र कर्मचारीसहितको उच्चतस्तरीय समिति गठन गरेर छानबिन हुनुपर्ने संग्रौलाले बताए ।
भूतपूर्व ब्रिटिस गोरखा सैनिक एलबी घिसिङले आफूहरुमाथि शोषण भएको उल्लेख गर्दै आफ्नो हकका लागि हदैसम्म जान पनि तयार रहेको बताए ।
यस्तै अर्का भूतपूर्व ब्रिटिस गोरखा सैनिक जुद्ध गुरुङले भूतपूर्व ब्रिटिस गोरखा सैनिकले पनि बेलायती सेनाकै कर्मचारीसरह सेवासुविधा, भत्ता र पेन्सन पाउनुपर्ने माग राख्दै आएको बताए ।
हालसम्म करिब ४ लाख ५० हजार नेपाली ब्रिटिस गोरखा सैनिकमा भर्ति भइसकेका छन् । जसमध्ये करिब १ लाख ५० हजार भूतपूर्व सैनिकहरु विभिन्न लडाईं र युद्धमा सहभागी भएर घाइते जीवन विताइरहेका छन् ।
काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...
कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने मापदण्ड बनाएपनि कोरोना विरुद्धको खोप लगाउन नै भीडभाड हुन थालेको छ । ललितपुरको एकान्तकुनास्थित अल्का अस्पतालमा क...
छायाङ्कन सकिएर सम्पादनको चरणमा रहेको फिल्म ‘बोक्सीको घर’का लागि नायिका केकी अधिकारीले आफ्नो कपाल काटिन् । फिल्ममा अभिनयका लागि नायिकाहरूले आफ्नो कपाल नै काट्ने दुर्लभ घटना हुन् । कपाल काटेको भनेर ...
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
देशको राजधानी काठमाडौँ उपत्यकाको वायु प्रदूषण मापदण्ड भन्दा धेरैमाथि पुगेको वातावरण क्षेत्रमा कार्यरत विज्ञहरुले बताउँदै आइरहेका छन् । स्वीस एयर टेक्नोलोजी ‘आइक्यु एयर’ नामक कम्पनीले काठमाडौंलाई विश्...
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...