×

Dabur
Nic Asia
Marvel

यी हुन् ‘नालायक’ परराष्ट्र सचिव, गरे देशकै बेइज्जत !

काठमाडाैं | कात्तिक १८, २०७५

TVS INSIDE

काठमाडौं– अन्तराष्ट्रिय क्षेत्रमा देशको शिर उँचो राख्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । 

morang Auto yamaha

मित्रराष्ट्रसँगको आपसी हित, चासो र सम्बन्धको सेतुकै रुपमा पर्दा पछाडिबाट कर्मचारीले अहम् भूमिका खेलिरहेका हुन्छन्  र खेल्नुपर्छ पनि । त्यसमा परराष्ट्र सेवाका कर्मचारीको त विशिष्ठ भूमिका नै हुन्छ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

 कुटनीतिक क्षेत्रमा सामान्य भाषाले पनि ठूलो अर्थ राख्ने हुँदा उनीहरुले हरेक शब्द–शब्दमा खेल्नुपर्ने त हुन्छ नै मित्र राष्ट्रसँगको सम्बन्धलाई घनिष्ट बनाइराख्न रहतरहले जिम्मेवार रुपमा पनि प्रस्तुत हुनुपर्ने हुन्छ । 
तर, परराष्ट्र मन्त्रालय जस्तो संवेदशनशील निकायका जिम्मेवार राष्ट्रसेवक कर्मचारी गैरजिम्मेवार बनिदिँदा देशकै बदनाम हुन पुगेको छ । 

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको गैरजिम्मेवार रबैयाका कारण देशकै बदनाम हुन पुगेको हो । सन्दर्भ हो, हालै इन्डोनेशियामा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भएको मानविय क्षतिका विषयमा निकालिएको एक विज्ञप्तिको  ।  

Vianet communication
Maruti inside

अंग्रेजी भाषामा निकालिएको विज्ञप्तिमा ‘इन्डोनेसियामा हालै गएको ज्वालामुखी विस्फोटपछि ज्यान गुमाएकाहरुप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई सन्देश पठाएको’ व्यहोरा उल्लेख गरिएको छ । 

परराष्ट्र मन्त्रालयमा सचिव रहेका शंकरदास बैरागीको गैरजिम्मेवार र लापबारहीले यस्तो हुँदा देशकै बेइज्जत भएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ ।  

सामाजिक सञ्जालमा धेरैले परराष्ट्र मन्त्रालयका जिम्मेवार अधिकारीले विज्ञप्तिमा ‘अक्षम्य’ गल्ती गरेको भन्दै चर्को आलोचना गरेका छन् ।

उनीहरुले गल्ती गर्ने बैरागीसहितका जिम्मेवार अधिकारीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै भविष्यमा यस्तो गम्भीर गल्ती नदोहोर्याउन चेतावनी दिएका छन् । 

परराष्ट्र जस्तो जिम्मेवार मन्त्रालायमा बसेर गैरजिम्मेवार ढंगले विज्ञप्ति निकाल्नुले बैरागीलगायतका अधिकारीको कार्यदक्षतामाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै केहीले बर्खास्त गरिनुपर्नेसम्मको माग गरेका छन् । 
 
हुन पनि मन्त्री र प्रधानमन्त्रीसम्मको चाकडी गरेर मन्त्रालयमा अड्का जमाएका सचिव बैरागीको कार्यसम्पादन सन्तोषजनक नभएको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् । 

परराष्ट्र सचिव भएपछि विदेश आउजाउ त भइनै हाल्छ तर अनावश्यक रुपमा धेरै समय विदेशतिरै बिताउन मनपराउने बैरागीले देशको शिर उचो राख्नतिर भन्दा पनि मोजमस्तीमै ध्यान दिने गरेको कर्मचारीहरुको भनाई छ । 

‘सचिवज्यूको काममा सिरियसनेश देखिन्न । उहाँको कार्यक्षमतामा प्रश्न गर्ने ठाउँ त नहोला तर अत्यन्तै गैरजिम्मेवारी पन देखिन्छ’ एक कर्मचारीले लोकान्तरसँग भने, ‘गैरजिम्मेवारीपनको पछिल्लो उदाहरण आज देखियो नि ।’ ती अधिकारीले बैरागीमा काममा खट्ने भन्दा पनि अरु जुनिएरलाई ‘ल यो मिलाएर गरिदिनु है’ भन्ने मानसिकता हावी भएको बताए । मन्त्रालय र कुटनीतिक मामिलाका कैयन सवालमा पनि वैरागीको उस्तै लाचारीपन देखिने गरेको उनले दाबी गरे ।  

बुधबारको कुनै अधिकारीको हस्ताक्षर नरहेको विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ‘बधाई सन्देश पठाएको’ लेखिएको छ।

पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ। 

उद्दार तथा राहत अभियान सफल होओस् भन्ने सदीक्षा पनि राष्ट्रपतिले राखेको विज्ञप्तिमा उल्लेख छ। 

 

यता परराष्ट्रको गम्भीर त्रुटीका सम्बन्धमा सामाजिक सञ्चालमा चर्को आलोचना भइरहँदा मन्त्रालयले अर्को विज्ञप्ति निकालेको छ । गल्ती भएकोमा माफी माग्दै निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘असावधानीका कारण यसअघि निकालिएको समवेदनासम्बन्धी विज्ञप्तिमा पर्न गएको गल्तीप्रति परराष्ट्र मन्त्रालय माफी माग्दै विज्ञप्ति सच्याइएको जानकारी गराउँछ ।’ 

 मन्त्रालयले अहिले आफ्नो आधिकारिक वेवसाइटमा सच्याइएको विज्ञप्तिसहित माफी मागेको विज्ञप्ति पनि अपलोड गरेको छ ।  

यसैबीच सामाजिक सञ्जालमा कतिपयले यो मामिलामा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले समेत राजीनामा दिनुपर्ने र सचिव बैरागीलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । 

परराष्ट्र मामिलामा जानकार सुरेश आचार्यले अक्षम्य गल्ती गर्ने कर्मचारीमाथि कारबाहीको माग गर्दै भनेका छन्, ‘दुई देशको सम्बन्धलाई उडाउने र महत्व नदिएको देखिने यस्तो किसिमको विज्ञप्ति पठाउने मन्त्री र सचिवले नैतिक जिम्मेवारी लिँदै जो–जो यस्तो विज्ञप्ति तयारी र सम्प्रेषणमा जिम्मेवार छन्, तिनीहरूलाई ‘अक्षम्य हेलचेक्राई र लापरवाही’का लागि कारवाही नै नगर्ने यो कस्तो लोकतन्त्र नेपालमा आएछ रु?  तत्कालीन प्रधानमंत्री किर्तिनिधी विष्टले सिंहदरबार जल्दा र शिक्षामंत्री केशर विष्टले दशरथ रंगशालामा भीडले थिचिएर मान्छे मारिदा पदबाट नैतिकताको आधारमा राजीनामा दिएको कसैलाई हेक्का छैन कि के हो ?

यो मामिलामा सचिवको गल्ती प्रष्ट देखिएकाले सचिव र अरु अधिकारीमाथि कस्तो सरकारी ठण्डा चलाइन्छ त्यो भने हेर्न बाँकी नै छ । 

Mega
TATA Below
NLIC
असार १५, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर...

असार १५, २०७९

जुम्ला जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंह सर्वोच्च अदालतमा काजमा तानिएका छन् । साउनको पहिलो हप्ता रिटायर हुने सिंहले विदा नबसी मनपरी फैसला गर्न थालेपछि सर्वोच्च अदालतमा काजमा ...

असार १५, २०७९

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १४ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले मन्त्रालयमा विभिन्न तहमा काम गर्ने १४ जना कर्मचारी बढुवा सिफारिस गरेको जानकारी दिएको हो । ...

असार १५, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदमा बस्दाको ८ महिना २० दिनमा प्रेम आलेले सार्वजनिक निकायलाई आफन्त र आसेपासेको भर्ती केन्द्र नै बनाए । ३ दिनअघि मात्रै बहिर्गमन भएका आले वर्तमान सरकारका अन्य सबै मन्त्रीको ...

असार १५, २०७९

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ सहसचिवको सरुवा गरेको छ । असार १३ गतेको निर्णयले सहसचिवहरूको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव रघुराम विष्टले लोकान्तरलाई जानकार...

असार १४, २०७९

सर्वोच्च अदालतले बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।   कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथे...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x