गब्बर सिंह बन्ने अमजद खानलाई थियो अनौठो लत, शोलेको सेटमा बाँधे भैंसी

काठमाडौं – बलिउड अभिनेता अमजद खानलाई सफल खलनायकका रूपमा मानिसले चिन्ने गरेका छन् । शोले फिल्ममा गब्बर सिंहको यादगार भूमिका निर्वाह गरेका अमजदले अन्य फिल्ममा पनि सहायक भूमिकाहरू निकै राम्रो गरी निर्वाह गरेका थिए । 

शोलेमा अमिताभ बच्चन र अमजद खानको राम्रो मित्रता बनेको थियो । त्यतिखेरका घटना याद गर्दै बच्चनले अमजद खानलाई दूधचिया असाध्यै पिउन मन लाग्ने बताए । 


Advertisement

अमजद दिनको २० कपभन्दा बढी चिया पिउने गरेका थिए । उनको जिन्दगीमा दुईवटाको कुराको निकै महत्त्व थियो : चिया र मजाक । 

एकपटक शोलेको सेटमा दूध सकिएछ । अनि अमजदले भोलिपलछ क्यान्टीनमा भैंसी ल्याएर बाँधेका थिए । 


Advertisement

शोलेको स्क्रिप्ट पढेपछि अमिताभले गब्बरको भूमिका आफूलाई दिन निर्देशक रमेश सिप्पीलाई आग्रह गरेका थिए । तर सिप्पीले उनलाई जयको भूमिका दिए । 

अमिताभ र अमजदले शोलेबाहेक महान, नास्तिक, सत्ते पे सत्ता, याराना लगायतका फिल्ममा काम गरेका थिए ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्