अनौठो ‘चोर’ जसले प्रहरी नै बनेर मोटरसाइकल चोरी गर्‍यो !

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनौठो चोर पक्राउ गरेको छ ।

मंसिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्क गरी राखिएको कर्णाली प्रदेश ३–०२, ०१० प ९४४० नम्बरको २२० सीसीको पल्सर दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ बस्ने हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएका प्रशान्त शाहीलाई भे९प८९६९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


Advertisement

मंसिर ४ गते जुम्ला सुर्खेत सडक खण्डमा मोटरसाईकलको ईन्जिन नम्बर डीकेवाईसीकेडी–६९६४९ र च्यासिस नम्बर एमडी२ए१३ईवाई७केसीडी८५५८७ मिल्न गएको हुँदा शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट प्रहरीको युनिफर्म सहितको २ प्रति तस्वीर र नेपाल प्रहरीको जवान पदको परिचयपत्र समेत फेला पारेको थियो ।


Advertisement

‘प्रहरीको परिचयपत्र तथा उनको साथबाट चोरी भएको मोटरसाइकल समातेका छौं,’ जिप्रका सुर्खेतका प्रवक्ता तथा डीएसपी रवि रावलले भने, ‘हाल उनीविरुद्ध जिल्ला अदालत सुर्खेतबाट म्याद थप भइ थप अनुसन्धान गरिरहेका छौं ।’

कमेन्ट गर्नुहोस्