शिक्षामन्त्रीसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वर्ल्ड इनोभेसन समिट फर एजुकेसन’मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटवार्ता गरेका छन् ।

कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा. मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्च शिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ ।


Advertisement

मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा. मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्तामा द्विपक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिए ।

त्यसक्रममा कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्