कैदीबन्दीको चाप बढेपछि चितवनबाट ९६ जनाको स्थानान्तरण

कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारिएको छ । 

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार चालू आर्थिक वर्षमा विभिन्न मितिमा गरी ९६ जना कैदीबन्दीको स्थानान्तरण गरिएको छ ।


Advertisement

पछिल्लो पटक कात्तिक ३० गते १२ महिला र ५ पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको छ । जसमा महिलासँगै एक आश्रित बच्चा पनि रहेको उनले बताए ।

कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै उनीहरूलाई स्थानान्तरण गरिएको काफ्लेले जानकारी दिए । यसअघि भदौ ५ गते वीरगञ्ज कारागारमा २४, कात्तिक ३ गते मकवानपुरको भीमफेदी कारागारमा ५४ र कास्कीमा एकजना स्थानान्तरण गरिएको थियो । कारागारको क्षमता पुरुषतर्फ २५५ र महिलाको २५ जना रहेको छ । अहिले यस कारागारमा ६३ महिला र ७०९ जना पुरुष रहेका छन् ।


Advertisement

छिमेकी जिल्ला मकवानपुरमा महिला बन्दीगृह नहँुदा र नवलपुरमा अदालत स्थापना भएपनि कैदीबन्दी राख्नका लागि कारागार नहुँदा चितवनमा चाप बढेको उनले बताए । अहिले कारागारमा कैदीबन्दी राख्नका लागि समेत समस्या पर्ने गरेको र सुताउनका लागि ठाउँ समेत साँघुरो हुँदै गएको छ ।

कमेन्ट गर्नुहोस्