चीनले दुईवटा प्रहरी कुकुरको डीएनएबाट ६ वटा क्लोन गरिएका छाउरा बनाएको छ । प्रहरी कुकुरका राम्रा गुणहरू ती छाउरामा सरून् भनेर क्लोन गरिएको हो ।
ती छाउराहरू अगस्ट महिनमा बेइजिङमा जन्मेका हुन् र उनीहरूले सानै उमेरमा राम्रो लक्षण देखाइसकेको प्रहरीले जनाएको छ ।
बेइजिङ पब्लिक सेक्युरिटी ब्यूरोको फौजदारी अनुसन्धान विभागका अधिकारी मा जिनलेइले कुकुरको टोक्ने गुण तथा तालिमको अवधि छोट्ट्याउनका लागि कुकुरहरूको क्लोन गरिएको बताए ।
बेइजिङ म्युनिसिपल ब्यूरो र सिनोजिनले मिलेर छाउराहरू जन्माउन सहकार्य गरेका हुन् ।
सिनोजिन क्लोनमा काम गर्ने निजी कम्पनी हो र उनले सन् २०१९ को आरम्भमा कुनमिङ शहरको प्रहरीका लागि कुनशुन नामक कुकुरको क्लोन बनाएको थियो ।
अग्रणी प्रविधिका कारण प्रयोगशालाले अतिरिक्त शक्तिशाली र तीव्र गतिका सुपरडगहरू सामूहिक रूपमा उत्पादन गर्ने सूत्र पत्ता लगाएको दाबी गरेको छ ।
क्लोनका लागि डीएनए उपयोग गरिएका कुकुरहरू स्किडिङ र एरी हुन् । उनीहरूले बेइजिङ प्रहरीमा सफलतापूर्वक अनेकौं काम सम्पन्न गरिसकेकाले उनीहरूलाई छानिएको बताइएको छ ।
एजेन्सी
लोकान्तर संवाददाता