विद्यार्थीमाथि कुटपिटको विरोधमा नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ काठमाडौं शाखाले कोहलपुर घटनाको विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ काठमाडौं जिल्ला शाखाले आइतवार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको विरोधमा सोमवार पशुपति क्याम्पस चाबहिल अगाडि प्रदर्शन गरेको हो । 


Advertisement

पशुपति क्याम्पसबाट शुरू भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरेर पशुपति क्याम्पसमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा नेविसंघ काठमाडौंका अध्यक्ष मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएका विद्यार्थीलाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने बताए । ‘विद्यालयको पोसाक लगाएका विद्यार्थीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्नुपर्छ,’ उनले भने । 

आइतवार बिहान ट्रकले ठक्कर दिएर कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थी आन्दोलनमा उत्रेका थिए । ट्रकको ठक्करबाट गम्भीर घाइते चन्दको हाल ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्