साग फूटबलमा नेपालले स्वर्ण पदक जित्दा दशरथ रंगशालामा जे देखियो [फोटो/भिडियो]

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३औं संस्करणअन्तर्गत फूटबलमा नेपालले स्वर्णपदक हात पारेको छ ।

दशरथ रंगशालामा मंगलवार भएको फाइनल भिडन्तमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रोपटक साग फूटबलमा स्वर्णपदक हात पारेको हो ।


Advertisement

नेपालले फूटबलको फाइनल खेलिरहँदा दशरथ रंगशाला दर्शकहरूले भरिभराउ थियो । खेल अवधिभर हुटिङ गर्दै दर्शकहरूले खेलाडीहरूलाई साथ दिएका थिए ।

भुटानी खेलाडीहरूका लागि पनि तालीले स्वागत र सम्मान गर्दै दर्शकहरूले सौहार्दता प्रकट गरेका थिए ।


Advertisement

त्यसो त भुटानी खेलाडीहरूले पनि शुरूमा वार्मअपका लागि मैदान प्रवेश गरेपछि दर्शकहरूलाई नमस्कार गरेर अभिवादन गरेका थिए ।

दशरथ रंगशालाको माहोल हेर्नुहोस्, भिडियोमा :

हेर्नुहोस्, दशरथ रंगशालामा मंगलवार भएको फाइनल भिडन्तका छानिएका केही तस्वीरहरू :

 

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्