सरकारको घोषणा : स्वर्ण पदक विजेताले ९ लाख पाउने

१३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले विशेष प्याकेजको घोषणा गरेको छ । 

बुधवार बालुवाटारमा सहभागी खेलाडीहरूमाझ प्रधानमन्त्रीले सागमा पदक विजेतालाई पुरस्कारको घोषणा गरेका हुन् । 


Advertisement

प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९-९ लाख दिने घोषणा गरेका छन् । एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाख दिइने पनि उनले घोषणा गरे ।

त्यस्तै रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख दिने सरकारले घोषणा गरेको छ । 


Advertisement

प्रधानमन्त्री ओलीले मंगलवार साग समापनमा देखाइएको भिडियो सन्देशमा खेलाडीहरूलई बालुवाटारमा निम्तो दिएका थिए । 

नेपालले सागमामा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मंगलवार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्य पदक जितेको थियो । 

कमेन्ट गर्नुहोस्