साग विजेता खेलाडीहरूलाई यसरी गराइयो नगर परिक्रमा [तस्वीरमा हेर्नुहोस्]

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का विजेता खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा गराएको छ । 

नगर परिक्रमा गर्नु अगाडि राखेपका पदाधिकारीहरूले खेलाडी तथा प्रशिक्षकलाई फूलमाला तथा अबिरले स्वागत गरेका थिए । नेपाली सेनाको ब्याण्ड बाजाको टोलीसहित खेलाडीहरूले नगर परिक्रमा शुरू गरेका थिए ।


Advertisement

दिउँसो १ बजे दशरथ रंगशालाबाट शुरू भएको र्‍याली न्यूरोड, इन्द्रचोक, असन, जमल, भद्रकाली, माइतीघर मण्डला, पुलचोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायक, र फर्किएर माइतिघर हुँदै दशरथ रंगशालामा टुंगिनेछ । 

बिहान ११ बजेदेखि शुरू हुने भनेको  कार्यक्रम वर्षाका कारण २ घण्टा ढिलो गरी शुरू भएको हो । 


Advertisement



 

कमेन्ट गर्नुहोस्