कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लीग २०१९-२० प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फूटबल संघ (एन्फा) सँग साझेदारी गर्ने भएको छ ।

नेपालको सबैभन्दा ठूलो फूटबल लीग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लीग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म हुनेछ ।


Advertisement

साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखिने छ । कम्पनीले बोर्ड, रंगाशालाका झण्डा, एलईडी स्क्रीन तथा डिजिटल लगायतका सामग्री प्रायोजन गर्नेछ ।

कतार एयरवेज ग्रूपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, ‘यस साझेदारीसँगै हामी निकै उत्साहित छौं । जसबाट कतार एयरवेजले देशकै फूटबल विकासमा सहयोग पुर्‍याउने छ । खेलकुदले सबैलाई एक बनाउने हाम्रो विश्वास छ र यसप्रतिको हाम्रो समर्पणको एक उदाहरण हो यस साझेदारी ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्