नेकपा सचिवालय बैठक बालुवाटारमा, आजै स्थायी कमिटी बैठक पनि

file photo

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीनिवास बालुवाटारमा बसिरहेको छ ।

बैठक आइतवार बिहान ९ बजेदेखि बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।


Advertisement

शुक्रवार बस्ने भनिएको सचिवालय बैठक नेताहरूको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरेको बैठक आइतवार बालुवाटारमा बसेको हो ।


Advertisement

आइतवारदेखि नै नेकपाले स्थायी कमिटीको पनि बैठक बोलाएको छ । गत २३ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले २९ गतेदेखि स्थायी कमिटीको बैठक बोलाएको हो ।

 

कमेन्ट गर्नुहोस्