दबंग-३ मा यसकारण अटाइनन् प्रीति जिन्टा

बलिउड सुपरस्टार सलमान खानको फिल्म दबंग-३ रिलिज भइसकेको छ। फिल्म रिलिज भएसँगै सलमानले  दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन्।

तर, फिल्म हेर्न सिनेमाघर पुगेका दर्शकले पर्दामा नायिका प्रीति जिन्टालाई देख्न पाएनन्।


Advertisement

फिल्म दबंगको सुटिङताका सलमानसँगै प्रीतिका तस्वीर भाइरल भएका थिए। ती तस्वीरमा प्रीति र सलमान दुबै प्रहरी अधिकृतको ड्रेसमा देखिएका थिए। तस्वीर देखेर धेरैले लख काटेका थिए,  प्रीति  सलमानको फिल्म दबंग ३ मा समावेश भएकी छिन्।

 तर, फिल्म हेरेपछि थाहा भयो प्रीति पर्दामा अटाएकी रहेनछिन्।


Advertisement

सलमानका अनुसार प्रीति हैलोवीनका लागि केही गर्न चाहान्थिन्। त्यसका लागि प्रहरीको ड्रेस लगाउनु थियो। त्यही क्रममा दबंग ३ को सुटिंग भइरहेको थियो। 

दबंग-३, २० डिसेम्बरमा रिलीज भएको थियो। फिल्ममा सलमानसँगै नायिका सोनाक्षी सिन्हा र सई मान्जरेकर मुख्य भूमिकामा छन्।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्