पूर्वएमाले र पूर्वमाओवादी भन्ने भावना त्याग्नुपर्छ : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लागिपरेको बताएका छन्। 

नेकपा तनहुँले साेमबार दमौलीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको बताएका हुन्।


Advertisement

 नेकपा सचिवालय सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले कम्युनिष्ट पार्टीले नेतृत्व गरेको प्रदेश तथा स्थानीय सरकारले जनताको आधारभूत आवश्यकता र जनजीविकाको पक्षमा काम गर्नुपर्ने बताउँदै जनताको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको विकास गर्नु नै समाजवादको मूल उद्देश्य रहेकाे बताए। पार्टी एकताको अर्थ, महत्व र औचित्यलाई सबै कार्यकर्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उउनले सबै कार्यकर्ताले पूर्वएमाले र पूर्र्व माओवादी भन्ने भावना त्याग्नुपर्नेमा जोड दिए।


Advertisement

कमेन्ट गर्नुहोस्