गुडिरहेको ट्रेनमा महिलाले जन्माइन् जुम्ल्याहा

भारतको दुर्गापुरबाट ट्रेनमा कानपुर गइरहेकी महिला ज्योति देवीले जुम्ल्याहा बच्चा जन्माएकी छन् । 

रेल आरा रेलवे स्टेसन पुग्दा ज्योतिलाई प्रसव पीडा भयो । त्यसपछि ट्रेनका यात्रीहरूले त्यसको सूचना दानापुर कन्ट्रोल रूमलाई दिए । 


Advertisement

अनि कन्ट्रोल रूमले त्यसको सूचना बक्सर स्टेसनका अधिकारीहरूलाई दियो । बक्सर स्टेसनमा ट्रेन पुग्नुअघि नै रेलवे प्रहरी बलका जवानहरूले चिकित्सकको व्यवस्था गरे । ट्रेन बोगीमै कपडाको घेरा बनाइयो र महिला यात्रीले बक्सर स्टेसनमा जुम्ल्याहा जन्माइन् ।

बक्सर रेल प्रहरीका प्रभारी अवधेश कुमार सिंहले ट्रेनमा प्राथमिक उपचारपछि प्रहरी जवानहरूले आमा र दुवै बच्चालाई अस्पताल पुर्‍याए । आधा घन्टापछि ट्रेन गन्तव्यतिर गुड्यो । 


Advertisement

जुम्ल्याहा बच्चा पाएर ज्योति र उनका पति रितेश खुशी छन् । उनीहरूले रेलवे अधिकारीहरूलाई धन्यवाद दिँदै जीवनको सबभन्दा खुशीको दिन भएको बताए ।

अस्पतालका चिकित्सकहरूले आमा र बच्चा स्वस्थ रहेको बताएका छन् । 

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्