सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । 

सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ ।


Advertisement

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको हो ।  

सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आयोजित कार्यक्रमबीच सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक डा. विष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।


Advertisement

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरूको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताए ।

कमेन्ट गर्नुहोस्