चीनको एक रासायनिक कारखानामा विस्फोट (भिडियो)

चीनको दक्षिण भागमा रहेको झुहाईमा एक रासायनिक कारखानामा मंगलवार ठूलो विस्फोट भएको छ । 

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियो फूटेजमा कारखानामा विस्फोट भएपछि आगोको ठूलो मुश्लो देखिन्छ । 


Advertisement

दुर्घटनामा कसैको पनि मृत्यु भएको छैन र कोही पनि घाइते भएको छैन । यसको अनुसन्धान शुरू गरिएको छ । 

चाङलियान पेट्रोकेमिकल प्लान्टमा दिउँसो १ः४० मा विस्फोट भएको झुहाई इमर्जेन्सी म्यानेजमेन्ट ब्युरोले सामाजिक सञ्जालमा घोषणा गर्‍यो । 


Advertisement

वीबोमा उक्त ब्युरोले दुर्घटनाको दुई घन्टापछि आगो निभाइएको जानकारी दियो । 

उद्धारकर्ताहरू घटनास्थलमा तत्कालै पुगेको र अनुसन्धानकर्मीहरूले विस्फोटको कारणको खोजी गरिरहेको पनि उसले जनायो ।

ब्युरोले विस्फोटका कारण कुनै वातावरणीय क्षति नभएकोमा जोड दिएको छ । स्थानीय वातावरण अधिकारीहरूले वरपरका क्षेत्रमा निगरानी गरिरहेका छन् ।

झुहाईमा १९ लाख मानिस बस्छन् र त्यो मकाउको सीमासँग जोडिने गुआङदोङ प्रान्तमा छ ।

एजेन्सी 

कमेन्ट गर्नुहोस्